54
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ ९० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ४० पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६९ पैसा र बिक्री दर १६१ रूपैयाँ ४२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।