विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा

by समतल अनलाइन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न दवाव दिने उद्देश्यले चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।

उक्त पार्टीले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने भएको छ । पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सरहसम्म विरोध प्रदर्शन, पुस २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते देशैभर मसाल जुलुस गर्ने सो पार्टीले जनाएको छ ।

आन्दोलनको अन्तिम दिन पुस ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिने समेत नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 
 
  
 

You may also like