काठमाडौं महानगरले आज सेवा प्रवाह बन्द गर्ने

by समतल अनलाइन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (बिहीबार) सबै सेवा प्रवाह बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै महानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग-आयोजना-कार्यक्रम-वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो ।

महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो ।

 
 
  
 

You may also like