शेयर बजार २.५७ अंकले ओरालो, ७७ करोडको मात्र कारोबार

by समतल अनलाइन

काठमाडौँ । शेयर बजार आज (मंगलबार) ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ३७१.३० मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ९० कम्पनीमम वृद्धि भएको र १०४ कम्पनीमा ओरालो लागेसँगै १२ कम्पनी स्थिर रहेको छ ।

यस्तै, कुल २४८ कम्पनीको कारोबार हुँदा २० लाख ५८ हजार ५१० कित्ता शेयर खरिद बिक्री हुँदा ७७ करोड ७० लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । सोमबार पनि शेयर बजार घटेको थियो । सोही दिन शेयर बजार ३१.९७ अंकले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा मंगलबार पनि नविल बैंक शीर्ष स्थानमा छ । यसको आज ७ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेपाल दूरसञ्चार कम्पनी र तेस्रोमा सुम्मीत लघुवित्त वित्तिय संस्थाको कारोबार भएको छ ।

यता, सिवाइसियलको शेयर मूल्य १० प्रतिशत र सञ्जेन जलविद्युत कम्पनीको ७.७३ प्रतिशतले बढेको छ । कारोबारमा १३ वटा उपसूचकमध्ये ४ उपसूचकबाहेक सबै उपसूचकमा ओरालोे लागेको छ ।

 
 
  
 

You may also like