विश्वकप फुटबल : सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल ‘अल हिल्म’ सार्वजनिक

by समतल अनलाइन

काठमाडौँ । कतारमा जारी फिफा विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द ‘अल हिल्म’ को अर्थ सपना हो । यसअघि प्रयोग भएको बल नाम ‘अल रिहला’ राखिएको थियो । यसको अर्थ ‘यात्रा’ हो । एडिडास कम्पनीले हिजो विश्व कपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नयाँ बलमा यसअघि प्रयोग भएको बलमा जस्तै प्रविधिको प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुग्ने एडिडासले जनाएको छ । यस पटकको विश्व कपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलका खेल पर्सी बुधवारदेखि शुरु हुनेछ ।

 
 
  
 

You may also like