एलायन्स क्लब अफ सैनामैनाद्वारा विशिकालाई सम्मान

by समतल अनलाइन

सैनामैना।एलायन्स क्लब अफ सैनामैनाले भारतको बैंग्लोरमा सम्मान भएको योगासन विश्व कप खेलकुदमा सैनामैनाकी विशिका ढकाललाई सम्मान गरेको छ ।

भारतको बैंग्लोरमा सम्पन्न भएको योगासन विश्व कप खेलकुदमा उनले १५ देखि १७ वर्षको उमेर समुहमा आफ्नो उत्कृष्ट प्रस्तुत दिएकि थिइन ।

विश्व जगतमा विभिन्न खेलकुदका माध्यमबाट नेपाललाई धेरैले प्रतिनिधि गरिसकेका छन, यसै क्रममा सैनामैना नगरपालिका वडा नम्बर पाँच निवासी विशिका ढकालले २८ देशका करिब २५० प्रतिस्पर्धाीलाई पछि पार्दै चौथो स्थान हासिल गरेकि छिन ।

 
 
  
 

You may also like