मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२० कार्तिक २०७६, बुधबार

चितवन । चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् ।

 

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया