संसदीय दलको नेता बन्न देउवाको ‘दौडधुप’, युवालाई नछाड्ने संकेत

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर, नतिजाबारे आंकलन भइसकेको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले कांग्रेसलाई पहिलो दलको हैसियत दिएको छ भने एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी क्रमशः हैसियतमा छन् ।

कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (२) बमोजिमको सरकार गठन प्रक्रिया सुरु हुनेछ । ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको
प्रधानमन्त्री बन्न र सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिलाउन नेताहरू औपचारिक तथा अनौपचारिक रूपमा छलफलमा जुटिरहेका छन् । पहिलो दलको हैसियत प्राप्त कांग्रेसका आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षीको रूपमा आफूलाई अघि सारेका छन् । तर, अरु दलमा जस्तै कांग्रेसमा जनतमको सन्देशविपरीत यसअघि पटक–पटक सरकार र पार्टीको नेतृत्वमा रहिसकेका व्यक्ति नै प्रधानमन्त्रीमा दाबी गरिरहेका छन्, समर्थन जुटाउन दौडधूप गरेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह र ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले नेतृत्वमा युवालाई रुचाएका छन् । सोहीअनुसार मत दिएर जिताएका छन् । निर्वाचनको बेला वर्षाैंदेखि पार्टी र सरकारको निर्णायक स्थानमा रहेका नेतालाई ‘हराउन’ युवाहरूले अभियान चलाएका थिए । तर, गठबन्धन गरेर दलहरूले आफूलाई निर्वाचित गराउन सक्षम भए, जसको अभिमत सत्ताको नेतृत्वमा रहनका लागि नरहेको राजनीतिक विश्लेषकहरूले सार्वजनिक रुपमै बताइरहेका छन् ।

तर, यसलाई बेवास्ता गर्दै पाँच पटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवा अझै प्रधानमन्त्री बन्न लविङ थालेका छन् । सांसदहरूले शपथ खाएका छैनन् । संसदीय दल गठन भएको छैन । संसदीय दलको नेता चयन भएको छैन । तर, हतार भने सरकारको नेतृत्व लिन नेताहरु दौडधूप गरेका छन् ।

निर्वाचनअघि आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गरेका गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको रूपमा रहने गरी काठमाडौं ४ का जनताले निर्वाचित गरेका छन् । तर, उनलाई संसदीय दलको नेतामै उठ्न नदिने गरी चलखेल सुरु भएको देखिन्छ ।

गत वर्ष सम्पन्न महाधिवेशनबाट पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहेका थापालाई दलको नेता र प्रधानमन्त्री बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित पार्टीका युवा नेता तयार देखिन्छन् । तर, सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहितका नेताहरू गगनलाई दलको नेता र प्रधानमन्त्री बनाउन चाहेको देखिँदैन ।

गगनलाई रोक्न शशांक कोइरालालाई फकाउन देउवा स्वयं सक्रिय छन् । देउवाले शशांकलाई भेटेर आफूलाई दलको नेता बनाउन सहयोग गर्न आग्रह गरेका छन् । ज्येष्ठ नेताको सत्ता र शक्तिप्रतिको मोहले पार्टीलाई पार्ने दख्खलबारे युवा नेताहरू चिन्तित् देखिन्छन् । उनीहरू यस पटक चुनौती दिने तयारीमा छन् । तर, केही दिनयता भइरहेका भेटवार्ता र छलफलले गगनलाई संसदीय दलको नेतामा उठ्न नदिने र प्रधानमन्त्री बन्नबाट रोक्ने संकेत देखिन्छ ।

 
 
  
 

You may also like