भैरबस्थान रकम दुरुपयोग बारे छानविन गर्न जनमोर्चाको माग पेस विज्ञप्ती सहित

पाल्पा, १८ साउन । पश्चिम नेपालको प्रसिद्ध मन्दिर भैरवस्थान मन्दिरमा भएको रकम दुरुपयोग बारे छानविन गर्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ ।

जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ भैरबस्थान स्थित भैरब मन्दिरमा आर्थिक हिनामिना भएको प्रति राष्ट्रिय जनमोर्चा रिब्दीकोटले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनमोर्चा रिब्दीकोटले नेपालकै प्रसिद्ध मन्दिरको रुपम रहेको भैरबस्थान मन्दिरले पाल्पाको आर्थिक विकासमा ठुलो योगदान पु्याएको तर पछिल्लो समय मन्दिरको कोषको सदुपयोग हुनुको सट्टा उल्टै दुरुपयोग भएको भन्दै आपत्ति जनाएको राष्ट्रिय जनमोर्चा पाल्पाका जिल्ला अध्यक्ष विशाल दर्लामीले बताउनुभयो ।

मन्दिरको रकम दुरुपयोग भयो भनेर केही दिन अगाडी स्थानियले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका थिए । मन्दिर व्यवस्थापन समितिका सदस्यको भनाई अनुसार समितिका अध्यक्ष र कोषाध्यक्ष मिली २७ लाख भन्दा बढी रकम निकालेको आरोप लगाइएको छ ।

उक्ता आरोपको समितिका अध्यक्षले भने स्वीकार गर्दै आउनुभएको छ । यस प्रकारको मनोमानि र भ्रष्टचारजन्य गतिविधि अहिले मात्र बाहिर आएकाले सत्य तथ्य छानविन गर्न राष्ट्रिय जनमोर्चा रिब्दीकोटले जोडदार माग गर्दछ कार्यवाहक संयोजक विरेन्द्र मिधुनले हस्ताक्षर गर्नुभएको प्रेस विज्ञप्तीमा भनिएको छ ।

साथै यस्ता खाले गतिविधिलाई राजनितिकरण गरि ढाकछोप गर्न खोजिएमा सम्पुर्ण जनसमुदाय र पार्टी संघर्षको कार्यक्रम गर्न समेत तयार हुने चेतावनी दिएको छ ।

 
 
  
 

You may also like