स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश

by समतल अनलाइन

दोहा । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ । गए राति भएको खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।

ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे । यस जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ । समूह (जी) को ब्राजिल शीर्ष स्थानमा रहेको छ । स्विट्जरल्याण्ड २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 
 
  
 

You may also like