के हो नमस्कारको आध्यात्मिक महत्त्व ?

by समतल अनलाइन

काठमाडौं । हिन्दूहरूको पहिचान बनेको नमस्कार वा नमस्ते साधारण परम्परा होइन, यसका त कैयौं भौतिक र आध्यात्मिक फाइदा छन् ।

नमस्कार शब्दको उत्पत्ति नमः बाट भएको हो । नमस्कारको अर्थ हुन्छ, सबै मनुष्यको हृदयमा रहेको दैवीय चेतना र प्रकाशप्रतिको सम्मान ।

 

एक आत्माले अर्को आत्माप्रति सम्मान र आभार प्रकट गर्नका लागि बनेको शब्द हो नमस्कार ।

मिलाएर नमस्ते गर्दा दुवै हात अनाहत चक्रमा राखिन्छ, आँखा बन्द गरिन्छ अनि शिरलाई झुकाइन्छ । हातलाई हृदय चक्रमा ल्याएर दैवी प्रेमको बहाव ल्याउन सकिन्छ ।

नमस्कार गर्दा शिर झुकाउने र आँखा बन्द गर्ने भनेको हृदयमा विराजमान ईश्वरप्रति आफैंलाई सुम्पिने काम हो ।

तपाईंलाई साह्रै रिस उठ्यो भने तत्कालै रिस उठेको मानिसलाई नमस्कार गरिदिनुस् । दुवै हात जोडिनेबित्तिकै रिस मरिहाल्छ । अनि अर्को मानिस पनि तपाईंको नमस्ते देखेर तपाईंमाथि रिस प्रकट गर्न सक्दैन ।

हात जोडेर नमस्ते गर्दा तपाईंका औंला थिचिन्छन् र तिनलाई जोडिराख्दा हृदयचक्र र आज्ञाचक्र सक्रिय हुन्छन् ।

यसले आत्मिक जागरण गराउँछ अनि तपाईंको मन शान्त हुन्छ र अनुहारमा मुस्कार छरिन्छ ।

 
 
  
 

You may also like