सुदूरपश्चिममा कांग्रेस पहिलो, एमाले चौंथो

by समतल अनलाइन

धनगढी । सुदूरपश्चिम प्रदेशका ३२ सिटमध्ये ३० वटा सिटको मतगणना हुदाँ नेपाली कांग्रेसले सबैभन्दा बढी सिटमा विजय हासिल गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार ११ स्थानमा विजय हासिल गरेर कांग्रेस पहिलो पार्टी भएको हो ।
सो प्रदेशमा आठ सिटमा विजय हासिल गर्दै माओवादी केन्द्र दोस्रो स्थानमा छ । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले पाँच स्थानमा विजय हासिल गरेर तेस्रो स्थानमा रहेको छ ।

तीन सिट जित्दै एमाले चौथो स्थानमा छ । तीन सिट मात्रै जितेर चौथो स्थानमा रहेको एकीकृत समाजवादीले जम्मा दुई सिटमा मात्रै विजय हासिल गरेको छ । एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

 
 
  
 

You may also like