पाल्पा–१ (२) मा एमालेका सारु विजयी

by समतल अनलाइन

पाल्पा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा नेकपा एमालेका खेमबहादुर सारु निर्वाचित भएका छन् । सारुले निकटतम प्रतिस्पर्धी कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरमा पराजित गरेका हुन् ।

सारुले १४ हजार २ सय ९६ मत ल्याए भने कांग्रेसका खनालले ९ हजार ५ सय ५ मत प्राप्त गरेका छन् । लामो समय शैक्षिक क्षेत्रमा सक्रिय सारु यस पटक प्रदेशसभामा उम्मेदवार बनेका हुन् । तानसेनमा निजी विद्यालय सञ्चालन गरेकार बसेका सारु पार्टी कमिटीमा बसेर समेत सघाउँदै आएका थिए । उनले कृषिको आधुनिकीकरण, खानेपानी, सडक, भौतिक पूर्वाधार, शिक्षालगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धताका साथ जनतामाझ पुगेका थिए ।

सारु र खनालसँगै मंगोल नेसनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले २ हजार १ सय ८६ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पंगेनीले ३ सय ९९ मत पाएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले १ सय ७४ मत पाएका छन् । पाल्पा क्षेत्र नम्बर १ (१) मा एमालेबाटै राजुप्रसाद श्रेष्ठ निर्वाचित भइसकेका छन् ।

 
 
  
 

You may also like