नवलपरासी–१ मा हृदयेश त्रिपाठीलाई हराउँदै विनोद चौधरी निर्वाचित

by समतल अनलाइन

नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका उद्योगपति विनोद चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पछि पर्दै निर्वाचित भएका हुन् ।

चौधरीले २९ हजार ४९५ मत पाउँदा त्रिपाठीले २२ हजार ३०८ मत पाए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन् ।

 
 
  
 

You may also like