कतार विश्वकप : स्वीट्जरल्याण्डको विजयी शुरुवात, क्यामरुन १–० ले पराजित

by समतल अनलाइन

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा स्वीट्जरल्याण्डले विजयी शुरुवात गरेको छ । स्वीट्जरल्याण्डले आज साँझ सम्पन्न खेलमा क्यानरुनमाथि १–० को जित निकालेको छ ।

खेलको ४८ औं मिनेटमा ब्रेल इम्बोलोले निर्णायक गोल गरेका हुन् । खेलमा दुवै टिमले बराबरजसो बल आफ्नो नियन्त्रणमा लिएका थिए । स्वीट्जरल्याण्डले ३ तथा क्यामरुनले ४ वटा गोलका लागि प्रहार गरेको थियो । स्वीट्जरल्याण्डले १० तथा क्यामरुनले पाँच वटा कर्नर हानेको थियो ।

खेलका क्रममा स्वीट्जरल्याण्डले २ तथा क्यामरुनले एउटा पहेंलो कार्ड पाएको थियो । योसँगै समूह जीमा स्वीट्जरल्याण्डले जित शुरुवात गर्दा क्यामरुनले हारको सामना गरेको छ । यो समूहमा ब्रजिल र सर्बिया पनि रहेका छन् ।

 
 
  
 

You may also like