रूपन्देही–५ मा एमालेका वासुदेव घिमिरे विजयी

by समतल अनलाइन

भैरहवा । रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका वासुदेव घिमिरे विजयी भएका छन् । ९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका भरतकुमार शाहलाई हराउँदै घिमिरे विजयी भएका हुन् ।

घिमिरेले ३६ हजार ८२२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी शाहले २७ हजार १२० मत प्राप्त गरे । १ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको थियो ।

 
 
  
 

You may also like