कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं । नेपालमा आज (बिहीबार) उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश– १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ । पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ ।

 
 
  
 

You may also like