एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा निर्वाचित

by समतल अनलाइन

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका नेता दुर्लभ थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी नेकपा एमालेका युवा नेता महेश बस्नेतलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

भक्तपुर–२ का निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए ।

नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् । यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो ।

 
 
  
 

You may also like