काठमाडौं–१ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनी निकटतम् प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई १२९ मतले पराजित गर्दै विजयी भएका हुन् ।

नेता सिंहले ७ हजार १४० मत पाएका छन्। मिश्रको ७ हजार ११ मत आएको छ । आइतबार सम्पन्न मतदानमा काठमाडौं–१ मा २७ हजार १८ मत खसेको थियो । नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी रहेको बताएका छन् ।

 
 
  
 

You may also like