रूपन्देही २ मा लौरो अभियानको समर्थन गठबन्धनलाई

by समतल अनलाइन

बुटवल।रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ ।

सो पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधि सभा सदस्यका उम्मेद्वार केशव बहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेद्वार दीर्घबहादुर केसी कुमार र वामदेव क्षेत्रीलाई रहने बताए । उनले रूपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ घर चिन्हमा, २ (१) तर्फ रूख चिन्हमा र २(२) तर्फ हसिया हथौडामा भोट दिने र अभियानको पूर्ण समर्थन रहेको बताए ।
“एमालेका उम्मेदवार विष्णु पौडेलले हाम्रा उम्मेद्वार निकोलस (कमल) भुसालको राजनीतिक भ्रुण हत्या गरे, निकोलस भुसाललाई न्याय दिन पनि विष्णु पौडेललाई हराउनुपर्छ, उनले भने-युवाहरू एकजुट भएर रूपन्देही २ मा गठबन्धनका साथमा छन्, प्रतिगमनकारी विष्णु पौडेललाई रूपन्देहीबाट हराउनुपर्छ र अग्रगमनलाई विजयी बनाउनुपर्छ।”
रूपन्देही २ मा उम्मेदवारी दिएका निकोलस भुसालको उम्मेदवारी राज्यको सुविधा लिएको भन्दै उजुरी परेपछि निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवारी खारेजपछि भुसाल सर्वोच्च अदालत गएपनि अदालतले निर्वाचन कार्यालयको निर्णय सदर गरेको थियो ।

 
 
  
 

You may also like