भैरहवालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउँछुः गृहमन्त्री खाँण

by समतल अनलाइन

भैरहवा ।एक सयम हरेक नागरिकको मुखमा बुटवल भन्ने शब्द पहिले आउँथ्यो, त्यसपछि मात्रैं रुपन्देही सुनिन्थ्यो । बुटवलको अगाडि जिल्ला नैं ओझेल पथ्र्यो । पूर्व–पश्चिम राजमार्गबाट दक्षिण सिमावर्ती सहर भैरहवा सदरमुकाम भए पनि सधै कोल्टे पथ्र्यो । ठूलो स्थल नाका भएको सदरमुकाम वर्षौ ओझेलमा रह्यो । सिमावर्ती भारतीय बजारको भैरहवामाथि दबदबा थियो । सहरको आधुनिकिरण, बिकास र योजना बुटवल केन्द्रित थिए । बसोबासको केन्द्र बुटवल बनेको थियो ।

मुलुकमा व्यवस्थासँगै अवस्था फेरिएको छ । रुपन्देहीका परम्परागत व्यापारिक र बसोबासका केन्द्र फेरिएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्जाल, विशेष आर्थिक क्षेत्र (सेज)को सुरुवात, एकीकृत जाँच चौकी (आइसीपी) निर्माण तयारी, अन्तर्राष्ट्रिय स्थल बेलहिया–सुनौंली नाका र बुद्धस्थल लुम्बिनीका कारण पछिल्लो समय भैरहवा रुपन्देहीको मात्र नभएर मुलुककै आर्थिक केन्द्र बनिरहेको छ । अहिले भैरहवा आधुनिक सहरोन्मुख छ । राष्ट्रिय गौरबका आयोजना कार्यान्वयनसँगै भैरहवा अन्तर्राष्ट्रिय सहर बन्ने क्रममा छ ।

भैरहवाको आधुनिकिरणको धेरै समय भएको छैन । पछिल्लो कालखण्डमा एशियन डेभलपमेन्ट बैंक (एडीबी) ले ऋण लगानी गरेपछि सहरको मुहार फेरिएको हो । सिद्धार्थनगर पुरानै नगरपालिका हो । यस अवधिमा धेरै नगर प्रमुख चुनिए । हालिमुहाली गरे । तर, नगर बिकासका लागि उल्लेख्य काम गरेनन् । बरु आफन्त, नातागोतालाई नगरपालिका र विभिन्न कार्यालयमा रोजगारी दिलाए । सुविधा प्रयोग गरे । नगरबासीको जीवनमा परिवर्तन ल्याउन चाहेनन् । स्थानीय मात्र होइन, तत्कालीन केन्द्रिय नेताले सदरमुकामलाई उचाईं प्रदान गर्न ‘माखो’ उडाएनन् ।

केही दिनअघि एकीकृत समाजबादीकी नेता तथा गुल्मी–२, बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रामकुमारी झाँक्रीले कुराकानीका क्रममा नेताहरुले आफ्नो प्रभाव कायम राख्न जनताको जीवनस्तर परिवर्तनमा जोड नदिने गरेको बताइन् । उनका अनुसार पञ्चायत कालदेखि नै नेताको जीवनशैलीमा मात्र परिवर्तन आयो । नेताले जनताको जीवनस्तरमा सुधार चाहेनन् । सधै अभावमा भएपछि नागरिकले नेताबाट आश गरिराख्छन् । ‘जनतालाई अभावमा राख्ने गरियो,’ झाँक्रीले भनिन्, ‘जनता अभावमा राखेर नेताले रवाफ चलाउँदा रहेछन् ।’ झाँक्रीको भनाई भैरहवासित मेल खान्छ । यहाँबाट चुनाव जितेर पटकपटक मन्त्री भएका व्यक्तिले अकुत कमाए । तर, भैरहवा सहर र यहाँ बसोबास भएका जनताको जीवन कहिल्यैं उकालो लागेन ।

पञ्चायतका लामा कालरात्री र बहुदलीय व्यवस्थाको उतारचढावपछि यसपटक भैरहवाले खाँटी नेता पाउन लागेको छ । जिल्लाका बासिन्दा भएपछि निर्वाचन क्षेत्र फरक पर्दा भैरहवाबासीले अपनत्व महशुस गर्न नपाएका प्रभावशाली नेता बालकृष्ण खाँण यसपटक रुपन्देही–३, बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका छन् । पहिलोपटक भैरहवा निर्वाचनको केन्द्र बनेको छ । यसपटक रुपन्देही–३, को चुनावी चर्चाले सधैंको केन्द्र बटुवल ओझेलमा परेको छ । ०७४ मा साविक भुगोल परिवर्तन भएर रुपन्देही–३, मा भैरहवा समेटिएदेखि नै खाँणले भैरहवा र आसपासको बिकासमा योगदान पुर्याउँदैं आएका छन् ।

बिगत पाँच वर्षमा खाँण जिल्लामा आयोजना गरिने कार्यक्रममा सहभागी भइरहेका छन् । यसक्रममा जिल्लाका मठ, मन्दिर, मस्जिद, चर्चदेखि विद्यालय र सामुदायिक संस्थाका लागि बजेट विनियोजना गरेका छन् । ठूला विकासका काममा ध्यान दिएका छन् । यहाँ रहेका गौरबका आयोजना सफल बनाउँन राष्ट्रिय रुपमा नेतृत्व प्रदान गरेका छन् । जसले गर्दा वर्षौपछि भैरहवा र आसपासका बासिन्दाले नेता पाएको बताएका छन् । ‘हाम्रो टोलमा आयोजना हुने साना–ठूला कार्यक्रममा बोलाउने बित्तिकै खाँण जी आउनु हुन्छ,’ सिद्धार्थनगर–१०, का ४५ वर्षीय रहमतुल्लाहा अन्सारीले भने, ‘उहाँले हाम्रा सुखदुःख बुझ्नु भएको छ ।’

पहिलो पटक राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याती भएका व्यक्तिलाई नेता पाउँदा खुसी लागेको उनले बताए । उनका अनुसार भैरहवाका तत्कालीन नेता रामकृष्ण ताम्राकारले नगरको बिकासमा भूमिका खेलेका थिए । ताम्राकारपछि जनताको पक्षमा काम गर्ने नेता नदेखिएको उनले बताए । ‘गृहमन्त्री खाँणले सबैलाई एउटै नजरले हेर्नु हुन्छ,’ सिद्धार्थनगर–१०, कै मुस्ताक अहमदले भने, ‘कसैलाई विभेद गर्नुहुन्छ । उहाँले चुनाव जित्नुपर्छ ।’ उनका अनुसार यस क्षेत्रबाट लामो समय दीपक बोहरा जनप्रतिनिधि चुनिएका थिए । बोहारा ९ पटक मन्त्री भए । ‘मैले अहिलेसम्म बोहराले राम्रो काम गरेको देखेका छैन,’ उनले भने, ‘हाम्रो भोट बोहरालाई काठमाडौं पठाउने लाइसेन्स मात्र भयो ।’

गृहमन्त्री खाँणले भैरहवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान दिन ३० वर्षदेखि काम गर्दै आएको बताए । पहिले भैरहवा खाँणको निर्वाचन क्षेत्र अन्तर्गत थिएन । जसले गर्दा प्रत्यक्ष यस क्षेत्रको बिकास गर्न पाएका थिएनन् । तर, ठूला योजना पार्न पहल गरेको खाँणले बताए । ‘पछिल्ला पाँच वर्ष भैरहवा र आसपासको क्षेत्रको बिकासमै मैले अधिकांश समय बिताए,’ गृहमन्त्री खाँणले भने, ‘पार्टी र सरकारी जिम्मेवारीका कारण भैरहवामै बस्न नपाएपछि सातामा दुई–तीन पटक आएर यहाँका गतिविधिमा सहभागी भइरहेको छु ।’ भैरहवा र आसपास अहिले सञ्चालनमा रहेका आयोजनालाई पूर्णता प्रदान गरेर आधुनिक र सुरक्षित सहर बनाउन आफ्नो कार्यकालका अधिकांश समय बिताउने खाँणले प्रतिवद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री खाँणले नागरिकको अवस्था बदल्न पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा मुलुकमै बिकास निर्माणको केन्द्र रुपन्देही बन्ने बताए । ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानलाई आर्थिक केन्द्रका रुपमा बिकास गरिनेछ,’उनले भने, ‘छिट्टै कार्गो उडान थपिनेछन, जसले रुपन्देहीका उत्पादन विश्वभर पुग्नेछन ।’ निर्वाचन सकिए लगत्तै सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धाबाबा खण्डमा निर्माण गरिने सुरुङ मार्गको शिलान्यास गरिएको उनले बताए । ‘निर्वाचन आचारसंहिताका कारण शिलान्यासमा ढिलाइ भएको हो,’उनले भने, ‘निर्वाचन लगत्तैं शिलान्यास गरिन्छ ।’ यस बाहेक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा समेत सुरुङ मार्ग निर्माण गरिने भए । ‘चितवनको शक्तिखोरबाट पृथ्वी रामार्ग जोड्ने गरेर सुरुङ मार्ग निर्माण हुदैछ,’उनले भने, ‘यी सुरुङ मार्गले रुपन्देहीको चीन सितको दूरी घटाउनेछ ।’

 
 
  
 

You may also like