विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

by समतल अनलाइन

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । गुल्मीको इस्मा गाउँपालिका–५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जिवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिकै खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चतरा झुम्का नहरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा सोमबार फेला परेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like