निर्वाचनका लागि सरकारले दियो सार्वजनिक बिदा (सूचनासहित)

by समतल अनलाइन

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मतदानस्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म बिदा दिइने भएको हो ।

यस्तै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मंसिर ४ र ५ गते बिदा दिइने सूचनामा उल्लेख छ । आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।

 
 
  
 

You may also like