लियो क्लव अफ तिलोत्तमाद्धारा क्लवको जिल्ला परिषदलाई स्वागत

क्लवको कार्यालय संचालन सम्बन्धि प्रशिक्षण
१८ साउन, बुटवल । लियो क्लव अफ तिलोत्तमाले आज क्लवको जिल्ला परिषदको नया कार्यसमितिलाई स्वागत तथा अफिस वर्कसप सम्पन्न गरेको छ ।
क्लवले बर्ष २०१९/२० का लागि निर्वाचित जिल्ला परिषदको नया कार्यसमितिलाई स्वागत गरेको हो ।

लियो क्लवको हालै काठमाण्डौमा सम्पन्न पदहस्तान्तरण पश्चात आज जिल्ला परिषदलाई बुटवलमा स्वागत गरिएको हो । निर्वाचित नयाँ कार्यसमितिलाई गमला फुल प्रदान गरि स्वागत गरिएको क्वलका सचिव दिनेश कुमार श्रेष्ठले जानकारि दिए ।

लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष राजन कसजुको अध्यक्षता र परिषदको अध्यक्ष सरोज कडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला काेषाध्यक्ष सुदिप बेल्बासे, एरिया कोर्डिनेटर मदन थापा, रिजन कोर्डिनेटर आयाश खान, डिर्स्टिक प्रेसिडेन्ट टु ड एड्भाइजर रिशब मान थैव लगाएतले बोलेका थिए ।

त्यस्तै क्लवले आजै अपिस वर्कसप समेत सम्पन्न गरेको छ । कार्यक्रममा डिष्ट्रिक अड्भाइजर तथा लियो एक्टेनसन चियर पर्सन पुरुशोत्तम भक्त प्रधानाङ्ग र एरियाको चिफ तथा लियो एडभाइजर प्रमोद कसजुले ३५ जना सहभागिहरुलाई क्वलको कार्यालय संचालन सम्बन्धि प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा क्लवका पुर्व अध्यक्षहरु आशिष गौचन, सुमित श्रेष्ठ, चिरञ्जिवी थैव, विकास महत, ऋषवमान थैव लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा लायन्स क्लब अफ तिलोत्तमा मायादेबिका प्रथम उपाध्यक्ष आभा कसजु, सस्थापक अध्यक्ष सन्देश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा क्वलकी सदस्य मना पौडेलले ध्वजाको अभिवादन र रविना पोखरेलले लियो प्रण गरेका थिए । क्वलका द्धितिय उपाध्यक्ष चंचल कुमार कार्कीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन सचिव दिनेश कुमार श्रेष्ठले गरेका थिए ।

 
 
  
 

You may also like