बुटवलको भित्रि सडकको हरिविजोग

by समतल अनलाइन

बुटवल।बुटवल उप–महानगरपालिका वडा नं ८ का अधिकांश सडक टिलिक्क टल्कीएका छन् । खाल्टा खुल्टी छैन, सफा चिटिक्क सडक धुलो रहित छ । तर सोही वडाको एउटा सडक यस्तो अवस्थामा छ जुन सडकले ति चिल्ला सडकलाई समेत गिज्जाईरहेको छ ।

बुटवल भाटभटेनी चोकदेखि दक्षिण अक्सफोर्ट स्कुलहुदै पुर्वपश्चिम लोकमार्गमा जोडिने भित्री सडकको दुर्दशाबाट वडावासी मात्र होईन बुटवल नगरवासी नै चिन्तित छन् । अघिल्लो वर्ष एमालेका अध्यक्ष केपि ओली र यहांका पुर्व सांसद विष्णु पौडेलले तामझामका साथ चौराहामा सिलन्यास गरेको वुटवल नारायणगढ सडक खण्डको स्तरोउन्नतीको काम र उक्त सडकको अवस्था उस्तै रहेको छ ।

उत्तर तर्फबाट दक्षिण तर्फ निर्माण भईरहेको सडकको अन्तिम विन्दुमा नेकपा एमालेका नेता, लुम्विनी प्रदेश सभाका पुर्व सदस्य तथा पुुर्वमन्त्री भोज प्रसाद श्रेष्ठको घर पर्छ । उनि अहिले रुपन्देही क्षेत्र नं २(२) बाट प्रदेश सभा सदस्य पदको लागि विकासे नारा दिएर भोट माग्दै मतदाताको घरदैलोमा छन् । उनको विकासे नारालाई त्यही ४१ फूट चौहाई भएको सडकले गिज्जाईरहेको छ । जवकी उनले सडक क्षेत्रमा पर्ने आफ्नो घरको वाउण्डरी भत्काउन सहमत नहुदा सडक निर्माणले पुर्णता पाउन सकेको छैन ।

नेता जस्तो व्यक्तिको अटेरीले विकास निर्माण नै अवरुद्ध हुनु दुःखद पक्ष भएको स्थानीय बनाउछन । ‘आफ्नै घर अगाडीको सडकको अवस्था यस्तो छ ।’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीय भने–‘प्रदेशको विकास गर्छन भनेर मतदाताले कसरी पत्याउने ?’

स्थानीय मात्र होईन उनको अटेरीले उनको पाटीका नेता कार्यकर्ताहरुले आजित छन् । ठूला मान्छेको ठूलै अटेरीले गर्दा त्यस क्षेत्रका वासिन्दाका अगाडी नाक देखाउन समेत लाज लाग्ने एमाले स्थानीय नेताहरु बताउँछन । स्थानीय गणेश घिमिरेले सडकको निकासको लागि दुई इन्च समेत छाड्न नसक्नेबाट अरु अपेक्षा गर्नु मुर्खता शिवाय केही नहुने बताए । ‘समस्याको समाधान खोज्ने व्यक्तिनै वाधक बनेपछि के अपेक्षा गरेर फेरी उनलाई जिताउने ?’ उनि उल्टै प्रश्न गर्छन ।

मिलनचोक, भाटभटेनी तिरबाट आएका सवारी साधन, शुक्रपथ देखि आएका सवारी साधन मुख्य हाईवेमा प्रवेश गर्ने मुख्यद्धार हो उक्त सडक । एक जनाको अटेरीले सडक अलपत्र हुदा स्थानीय वर्षमा हिलो र हिउदमा धुलोले आजित भएका छन ।नालीको पानी सडकमै छाडीदा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । दुई तर्फ नालीको काम भईरहेकोमा सडकको अन्तिम विन्दुमा नालीको काम समेत अवरुद्ध भएको छ । यस विषयमा कुरा गर्न खोज्दा उनिसंग सम्पर्क हुन सकेन । उनले अन्यत्र ४१ फूट सडक कायम भए आफूले घर समेत भत्काउन तयार भएको स्थानीयलाई जवाफदिने गरेका थिए ।
बुटवल उप–महानगरपालिकाको आफ्नै वजेटमा अघिल्लो वर्षदेखि नै काम शुरु भएको हो । उक्त सडक वनाउन २ करोड ६५ लाख वजेट विनियोजन भएकोमा ठेकेदारले कम्पनी निर्मल कन्स्टक्सनले १ करोड ८५ लाखमा ठेक्का हात पारेको थियो । सम्झौता अनुसारको काम सम्पन्न गर्ने म्याद सकिएको असोज महिनामै हो । तर काम अहिले सकिने सुरसार नै छैन ।

बुटवल उपमहानगरपालिकाका इन्जिनियर शंकर शाहले म्याद थपको लागि प्रकृया अघि वढाइएको जानकारी दिए । ढिला भएकोमा ध्यानकर्षण समेत गराईएको छ । उक्त सडकको हाल ८५ प्रतिशत काम पुरा भएको दावी निर्माण कम्पनीको छ । पुर्व वडा अध्यक्ष भिम श्रेष्ठको पालामा शुरु गरिएको उक्त सडकले अहिलेका जनप्रतिनिधिले अपजस पाईरहेका छन् ।

आफ्नै सहकर्मीका अनुसार भोज प्रसाद श्रेष्ठ त्यस्ता नेता हुन जसले जति राम्रो विकासको नारा दिन्छन तर कार्यान्वयमा आफै बाधक बन्छन । यस अघि विद्युतको हाईटेन्सन लाईनको विस्तारमा समेत उनले अवरोध गरेको चर्चा चलेको थियो । पुर्व पश्चिम लोकमार्गको चौराहा नजिकै तालिम केन्द्र अगाडी उत्तर तर्फ उनको घर छ । सडक र विद्युत लाईन विस्तारमा भएको अवरोधले उनको छवि झन पछि झन खस्कीदै गएको छ । यसबाट उनका राजनीतिक सहकर्मी शुभचिन्तकहरु चिन्तित र निरास हुदै गएका छन ।

 
 
  
 

You may also like