१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै

by समतल अनलाइन

काठमाडौँ । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (शुक्रबारं नेपाल र बंगलादेश भिड्दै छन् । खेल ढाकामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे शुरु हुने जनाइएको छ । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्न लागेको हो ।

यो खेलको विजेताले उपाधि जित्नेछ । नेपालले यो खेलमा बराबरी गरे मात्रै पनि पुग्नेछ । नेपाल ३ खेलमा अपराजित रहँदै ९ अङ्कका साथ शीर्ष स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । यसअघि भएको खेलमा नेपालले बंगलादेशलाई १–० गोलले हराएको थियो ।

यस्तै नेपालले पहिलो खेलमा भुटानलाई ७–० र दोस्रो खेलमा १–० गोलले हराएको थियो । त्यस्तै, बंगलादेशले भुटानलाई ८–० र ९–० गोलले हराएको थियो । भुटान अङ्कविहीन हुँदै बाहिरिएको छ ।

 
 
  
 

You may also like