स्थानिय विकासका लागि गठबन्धनको सरकार बन्न आवश्यक ः उम्मेद्वार क्षेत्री

by समतल अनलाइन

बुटवल।आसन्न मंसिर ४ निर्वाचनमा रुपन्देही क्षेत्र नं २ ख का प्रदेश सभा तर्फका साझा गठबन्धनका उम्मेद्वार वामदेव क्षेत्रीले स्थानिय तहमा गठबन्धनको सरकार रहेकाले अबको विकासका लागि प्रदेश र संघीय सरकार पनि गठबन्धनकै सरकार बन्न आवश्यक रहेको औल्याएका छन् ।

विकासका लागि तिनै तहका सरकारको समन्वय आवश्यक रहेको बताउँदै उनले स्थानिय तह निर्वाचनमा अधिकांश स्थानिय तहमा गठबन्धनको स्थानिय सरकार बनाउने जनताको म्याण्डेट आइसकेकाले आसन्न मंसिर ४ को चुनाबमा पनि गठबन्धनलार्ई ५ वर्षका लागि विजयी गराएर जनताले म्याण्डेट दिनुपर्ने बताएका हुन ।

बिहीबार आयोजित बृहत महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार क्षेत्रीले झुम्साको पानी र लालपुर्जालाई राजनिती खेल बनाएर पटक पटक झुटो आश्वासन दिने काम एमाले उम्मेद्वारहरुले गरेको बताउँदै झुटको खेती नगर्ने दाबी गरे ।
यस्तै तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको उम्मेद्वार भेटघाट तथा परिचयात्मक कार्यक्रमममा बोल्दै क्षेत्रीले सो कुराको जिकिर गरेका हुन । संविधानको रक्षा र प्रतिगमन परास्तका लागि गठबन्धन बनेको औल्याउँदै उनले आसन्न निर्वाचनमा गठबन्धन भन्दा बाहिरको दलहरुलाई म्याण्डेट दिइएमा उनीहरुले विकास गर्न नसक्ने दावी गरेका हुन् ।
केन्द्र सरकारको नीति र योजना कार्यान्वयन गर्ने जिम्मा स्थानिय तहको सरकारको रहेकाले स्थानिय र केन्द्रमा फरक फरक दलको सरकार आएमा काम गर्न नसक्ने उहाँको धारणा थियो । त्यसैले यस क्षेत्रमा आफुहरुलाई जनताले जिताउनुको विकल्प नरहेको उनको भनाई थियो ।

सोही क्रममा वक्ताहरुले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई देशैभरी जिताउन समेत अपिल गरेका छन् । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय समानुपातिक उम्मेद्वार झम बहादुर गुरुङले गठबन्धन देशको आवश्यक्ता रहेको बताउदै जीत सुनिस्चित भएको बताउनु भयो ।

उनले एमाले तर्फ लक्षित गर्दै अहिलेको चुनावमा भोट माग्ने कुनै नैतिक आधार नभएको बताए । जनताको मतादेश पाउँदा लत्याउने र फेरी मतादेश देउ भन्नु लज्जास्पद र पश्चगमन मानसिकताको उपज रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेताहरु चीन बहादुर गुरुङ, झपट बहादुर गुरुङ, राम बहादुर गुरुङ, क्या. टेक बहादुर गुरुङ लागयतले बोल्नु भएको थियो । कार्यक्रम तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बीमला गुरुङको अध्यक्षता तथा आसा गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like