शाइन रेसुङ्गा बेलबास शाखाद्वारा बृक्षारोपण

by समतल अनलाइन

बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैँक बुटवल बेलबास शाखाले बृक्षारोपण गरेको छ।

बुटवल उप महानगरपालिका वडा नं.१३, बदेलपोखरी जितेश्वरी माध्यमिक विद्यालयको परिसरमा बैँकले
बृक्षारोपण गरेको हो ।

बैँकको १४ औँ वार्सिकोत्सवको अवसर पारेर परिसरमा विभिन्न प्रजातिका करिव १३५ बिरुवा लगाइएको बेलबास शाखाका शाखा प्रबन्धक शिला खरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा शाइन रेसुङा डेभलपमेन्ट बैँक बेलबास शाखा प्रमुख शिला खरेल, सृजना पाण्डे, कमल घर्ती मगर, डिलाराम भण्डारी, निता आले मगर, दिपेन्द्र ज्ञवाली, पुर्णिमा गुरुङ, तुल्सा ज्ञवाली लगाएत बिद्यालयका प्रध्यानाध्यापक उपेन्द्र ज्ञवाल शिक्षक तथा बिद्यार्थीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।

 
 
  
 

You may also like