मतदातामाझ घनश्यामका तिन बाचा: इमानदारीता, संविधानको रक्षा र क्षेत्रको विकास

by समतल अनलाइन

रुपन्देही । रुपन्देही क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल घरदैलो कार्यक्रममा व्यस्त छन् । मतदाता भेटघाटको क्रममा भुसालले आफ्नो त्रिभुज चुनाव चिन्हमा मत मागेसँगै मतदाताहरुसंग तीनवटा ुबाचाु गर्ने गरेका छन् ।

भुसाल आफ्ना तीनवटा बाचामध्य पहिलो बाचा ुइमान्दारिता अर्थात् भ्रष्टाचारको अन्त्यु हो भन्ने गरेका छन् । उनी भन्छन्, ूजनताले उपभोग गर्ने हरेक कुरामा कर लाग्ने गर्छ । जनताले तिरेको कर राज्यको ढुकुटी हो र त्यो ढुकुटी कहाँ खर्च गर्ने र कहाँ नगर्ने यही चुनावले निर्धारण गर्ने गर्छ । म मेरो राज्यको ढुकुटी निजी लाभको लागी, निजी फाइदाकालागि कुनै पनि हिसावले दुरुपयोग गर्दिन ।ू उनी थप्छन्, ूइमान जनप्रतिनिधीमा चाहिन्छ र त्यो इमान हामीले राख्छौ ।ू

उनीले आफुले आजसम्म राज्यको ढुकुटी, पैसा र सार्वजनिक सम्पत्ति नाजायज तरिकाले नखाएको र अव पनि नखाने कुरामा प्रतिबद्ध रहेको बताउने गरेका छन् ।

मतदाता समक्ष भुसालको दोस्रो वाचा हो( ुसंविधानको रक्षाु । भुसाल भन्छन्, ूराज्यभित्र सरकार, सरकारी निकाय, अड्डा अदालत सबै संयन्त्र हुन्छ । जसको ब्यवस्था गर्ने संविधान हुन्छ र त्यो यताउता भयो संविधान बिग्रियो भने सबैकुरामा भाडभौलो शुरु हुन्छ । हामी आफैआफैमा लड्छौ र मुलुक बर्बाद हुन्छ । संविधान, कानुन र लोकतन्त्रको रक्षा गर्नु जनप्रतिनिधीकै काम हो ।ू उनले आफु हिजो पनि संविधानको रक्षाकोलागि पनि लडेको र भोलि पनि संविधान र परिवर्तनले संस्थागत गरेको व्यवस्थाको रक्षाकोलागि लड्ने प्रण उनले मतदातामाझ गरेका छन् ।

त्यसैगरी भुसालको तेस्रो वाचा हो( ुक्षेत्रको विकासु। यस क्षेत्रका पालिका, पार्टी, आमासमुह, क्लबहरू, बुद्दिजिवी, उद्योगपती, व्यवसायी, किसान, मजदुर सबैलाई मिलाएर लिएर जान सकियो भने र यसक्षेत्रमा आउने स्रोतसाधनहरुको राम्ररी प्रयोग गर्न सकियो भने र आवश्यक पर्ने स्रोत साधन ल्याउन सकियो भने क्षेत्रको समग्र विकास संभव छ हुने भुसालको ठहर छ । उनी भन्छन्, ूविकास कार्यलाई बजेटको अभाव हुन दिनेछैन, आवश्यक्ताका आधारमा सबै विकास निर्माणको काम क्रमैसंग हुँदै जानेछ । अधुरा योजनाहरु पुरा गर्ने र नयाँ योजनाहरु विद्यालय, स्वास्थ चौकी, सडक पुर्वाधार, खानेपानी, सिंचाई लगायत प्राथमिकताका आधारमा आवश्यक स्रोत साधन ल्याउने छौं ।ू

यसरी त्रिभुज चिन्हसंगै तीनवटा बाचा लिएर मतदातामाझ पुगेका भुसाल उत्साहित देखिन्छन् । उनको घरदैलोको रिपोर्टिङ गर्न पुगेका संचारकर्मीसंग कुरा गर्दै उनले मतदाताको सुझाव संकलनसंगै आफ्ना भनाइ राख्दै र बुझाउँदै अगाडि बढिरहेको प्रतिक्रिया दिए । कस्तो छ माहोलरु निर्वाचन जितिन्छ त भन्ने संचारकर्मीको जिज्ञासामा उनी भन्छन्, ूनिर्वाचन त जितिसकिएको छ तर हाम्रो काम निर्वाचनमा भोट संकलन गर्ने मात्रै होइन । यो त एउटा अभियान हो । निर्वाचन जितेपछि म यसैगरी नागरिकसंग एकाकार भएर यहि क्षेत्रको विकासमा योगदान पुर्याउनेछु ।ू

 
 
  
 

You may also like