कामना सेवाको १६ औं वार्षिकोत्सव सप्ताहको दोस्रो दिन, विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम

by समतल अनलाइन

बुटवल । सम्पूर्ण ग्राहकमहानुभावहरु माझ पहिलो रोजाइको राष्ट्रिय स्तरको विकास बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको यस बैंकले आजका मितिसम्म आइपुग्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी विकास बैंक बन्दै १६ औं वार्षिक उत्सव मनाइरहेको छ ।

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ अगाडी बढेको बैंकले आज आफ्नो १६ औं वार्षिक उत्सवको दास्रो दिन देशभरी छरिएर रहेका विभिन्न शाखाहरु बाट विभिन्न क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

बैंकको प्रादेशिक कार्यालय बुटवल अन्तरगत रहेको परासी शाखाले रामग्राम नगरपालिका भित्रका विभिन्न मन्दिर तथा सडकि क्षेत्रमा आज बृहत सरसफाइ कार्यक्रम सपन्न गरेको छ।

शखा कार्यालय परासी द्धारा आयोजित कार्यक्रम मा बैकंका कर्मचारी, स्थानीयवासी तथा नेपाल प्रहरी को उपस्थिति थियो।

 
 
  
 

You may also like