५० बढी युवा कांग्रेस प्रवेश

by समतल अनलाइन

भैरहवा ।नेकपा एमाले परित्याग गरी ५० बढी युुवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार साँझ सियारी गाँउपालिका वडा नम्बर ६ सर्जुगञ्जमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी प्रवेश गर्ने युवाहरुलाई पार्टी सदस्यता प्रदान गर्नुभयो ।

अभिषेक शर्मा, गोकुल भण्डारीसहितका ५० बढी युवाहरु कांग्रेस प्रवेश गरेका हुन् । युवाहरुलाई पार्टी प्रवेश गराउँदै रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वारसमेत रहनुभएका खाणले पार्टीमा क्रियाशील भएर लाग्ने युवाहरुलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुुभयो ।

गणतन्त्रलाई संस्थागत गर्न र गणतन्त्रात्मक व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको बताउनुभयो ।

 
 
  
 

You may also like