स्थानियको समस्या बुझ्दै घर–घरमा पुगे कुमार केसी , चुनाव जित्नेमा ढुक्क

by समतल अनलाइन

बुटवल ।रुपन्देही क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा क्षेत्र नं. २ (क) का उम्मेद्वार दीर्घबहादुर (कुमार) केसीले मतदाता भेटघाटलाई तिव्र पारेका छन् । चुनावी अभियान अन्तरगत आज शुक्रवार बुटवल उपमहानगरपालिका ११ बुद्धनगर,सुन्दरनगर लगायतका क्षेत्रमा मतदातासँग भेटघाट गरेका छन् । उनले आफ्नो के बृद्ध के युवा सबैको निक्कै माया र साथ पाएको बताएका छन् । केसिको उपस्थितले मतदाता उत्साहित बनेका थिए ।

भेटघाटका क्रममा धेरै मतदाताले पहिलेका उमेदवारले चुनाव जितेर जाने त्यसपछि फर्किएर नआउने गरेको गुनासो गर्ने गरेका छन् । तपाईहरुको समस्यासङ्ग जुध्न उम्मेदवार बनेर आएको बताउदै उनले नेता भनेको शासक हैन सेबक हुनु पर्ने बताए । मतदातासँग भेटघाट कार्यक्रम पछि बुद्धनगरमा आयोजित कोण सभालाई आयोजित कोण सम्बोधन गर्दै केसीले आफु उठेको निर्वाचन क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले यो समस्याबारे समेत निकै गम्भीरता पूवर्क बताउने गरेको उनले बताए । यस क्षेत्रबाट पटक पटक भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा बितरण गर्ने बताउदै मतदातालाई झुक्काउदै चुनाव जितेर जाने,त्यस पछि फर्केर नआउने गरेको बताए ।

साथै कोरिडोर निर्माणको नाममा विष्णु पौडेलले यहाँका धेरै घर परिवारलाई विस्थापित गर्न खोजेको आरोप लगाए । आफु निर्वाचित भएपछि यहाँका कुनै पनि बासिन्दालाई बिचल्लित नपारिने उनले बताए । साथै उनले कोरिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए । उनले आफु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टिको साझा उम्मेदवार भएको बताए । उनले मंसिर ४ गते जनताले पुराना अनुहारलाई मतदान नगर्ने दावी गरे ।

चुनाव जिते पछि कुनै दलको मात्र नभई सबैको साझा भएर काम गर्ने प्रतिवद्धता जनाउँदै आफ्नो सिंगो जीवन राजनीतिमा समर्पित भएको भन्दै कसै प्रति राजनीति भेदभाव गर्ने आफ्नो व्यवहार नभएको उनले बताए । उम्मेदवार नहुदै पनि आफू सबैको साझा भएर समाजसेवा गरेको उनले जनाए ।

 
 
  
 

You may also like