नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै, अध्यक्ष ओलीसँग ‘लाइभ डिबेट’ गर्न सकिने

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज (मंगलबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो साढे १ बजे होटेल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गरिनेछ ।

उनका अनुसार घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग ‘लाइभ डिबेट’ पनि हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ । सोही निर्वाचनलाई लक्षित गर्दै एमालले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । नेपाली कांग्रेसलगायत दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

 
 
  
 

You may also like