दल र नेतामाथि लाञ्छना लगाइएका फेसबुक पेज हटाउन आयोगको निर्देशन

by समतल अनलाइन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र नेताहरूविरुद्ध ‘लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य-दृश्य सामग्री’ प्रकाशन गर्ने झुटो फेसबुक पेज एवं ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ । ‘नो, नट अगेन’ लगायत फेसबुक पेजहरूलाई यस्तो आग्रह गरेको हो ।

यस्ता कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको आयोगले जनाएको छ ।

‘उल्लेखित कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुटा फेसबुक पेज /ग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, उक्त फेसबुक पेज / ग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरा समेत जानकारी गराइन्छ ।’

 
 
  
 

You may also like