रुपन्देहीको विकास खाँणबाट मात्र सम्भव छः नेता पाण्डेय

by समतल अनलाइन

भैरहवा ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोषकुमार पाण्डेयले रुपन्देही एवं भैरहवा क्षेत्रको समग्र बिकास नेपाली कांग्रेसका प्रभावसाली नेता एवं गृहमन्त्री बालकृष्ण खाँणबाट मात्र सम्भव रहेको दावी गरेका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा (क)का सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेयले राप्रपा नेता एवं प्रतिनिधि सभा उम्मेदवार दीपक बोहरालाई लक्षित गर्दै नौँ पटक मन्त्री बनेर पनि जिल्लाको विकास गर्न नसक्नेले अब आराम लिनुपर्ने बताएका छन् ।

‘निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्छ,’ नेता पाण्डेयले भने, ‘हामीलाई जिताउनुुहोस् । बालकृष्ण खाँण दाई र म मिलेर भैरहवा क्षेत्रको बिकास अगाडि बढाउँछौं ।’ नेता पाण्डेयले केन्द्रमा राम्रो पहुँच र प्रभाव भएका खाँणलाई भैरहवाले पाउनुु गौरवको कुुरा भएको उल्लेख गर्दै यो अवसरलाई भैरहवाले गुमाउन नहुने समेत बताए ।

गठबन्धनद्वारा भैरहवामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पाण्डेयले बोहरा सत्ता र शक्तिमा हुँदा भैरहवामा कुनै ठूला आयोजना निर्माण गर्न नसकेको भन्दै अन्तिम पटक भन्दै चुनाव लड्नुको सट्टा घरमै आराम गरि तीर्थव्रत गर्न आग्रह समेत गरे । ‘निर्वाचन जित्ने युवा, सरकार बनाउन सक्ने, केन्द्रमा राम्रो पकट भएका, विकासका लागि स्पष्ट योजना र विकासप्रेमी नेताले हो,’ उनले भने, ‘स्वास्थ्यले साथ नदिए पछि आराम गर्नुुपर्छ चुनाव लड्ने होइन् ।’

 
 
  
 

You may also like