सुनौलो लोकछहारीको तेश्रो साधारण सभा सम्पन्न

by समतल अनलाइन

स्थानिय अर्थतन्त्रको प्रबद्र्धन गर्नु सरकारीको दायित्व ः प्रवक्ता राना
बुटवल । बुटवल उपमहानगरपालीका वडा नम्बर १५ सेमलारस्थित सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कुल ५ सय २६ जना शेयर सदस्य र ४२ लाख ३९ हजार १ सय शेयर पुँजी रहेको सो सहकारीको साधारण सभा उद्घाटन गर्दै बुटवल उपमहानगरपालीकाका प्रवक्ता शिव रानाले स्थानिय अर्थतन्त्रको प्रबद्र्धन गर्नु सहकारीको दायित्व भएको बताएका छन् ।

तिन खम्बे राष्ट्रिय अर्थनिति अनुसार सहकारी संस्थाहरु स्थानियस्तरको आर्थिक बिकासको एक महत्वपुर्ण अंग भएकोले सहकारी सिद्धान्तको मुल मर्म र भावना अनुरुप संचालन गरेर उद्यमशिलताको समेत प्रबद्र्धन गर्नुपर्ने प्रवक्ता रानाले बताए । गाँउको बिकास नभै शहरको बिकास नहुने र शहरको बिकास बिना मुलुकको बिकास असम्भव भएकोले सहकारीलाई तिन खम्बे अर्थनिति अनुरुप कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको प्रवक्ता रानाको भनाइ थियो ।

सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष रमाकुमारी अधिकारी खड्का, उपाध्यक्ष पुन्यप्रसाद पौडेल, सचिव भुमिश्वर काफ्ले, कोषाध्यक्ष डिला कंडेल, सदस्य थानेश्वर पौडेल लगाएतले सहकारीको महत्व र सहकारीले समाजको बिकासमा खेलेको भुमिकाको बारेमा चर्चा गरेका थिए । सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३८ जना सदस्य तथा शुभेच्छुकहरुले रक्तदान गरेको कार्यक्रम संयोजक हरि शाहले जानकारी गराएका छन् ।


कार्यक्रममा सहकारीको बिकासमा उल्लेख योगदान पुराएका बिभिन्न १० जनालाई सम्मान गरिएको थियो भने रक्तदाता महानुभावहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । यस क्षेत्रमा संचालित दुईवटा सहकारीहरु सुनौलो भविष्य सहकारी र लोकछहारी समाजिक उद्यमी सहकारी तिनबर्ष अघि मर्जभै अर्थात एकआपसमा गाभिएर सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्था गठन गरिएको थियो ।

 
 
  
 

You may also like