झापामा भतिजालाई गोली हानेपछि भगौडा प्रहरीले आफ्नै ज्यान लिए

by समतल अनलाइन

झापा । झापाको गौरादह–८ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ । आफैले चलाएको गोली लागेर स्थानीय बीरेन साहको मृत्यु भएको हो । आत्महत्या गरेका वीरन साह भगौडा प्रहरी हुन् ।

मंगलबार साँझ भएको घटनामा साहका १३ वर्षका भतिजा घाइते भएका छन् । उनको कम्मरमुनि गोली लागेको छ । घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेनदेनको विवादमा बीरेनले गोली प्रहार गरेको र पछि आफूलाई पनि गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गौरादह ८ का वडाध्यक्ष गणेश राजवंशीले घटनापछि गाउँमा त्रास छाएको बताएका छन् ।

 
 
  
 

You may also like