तिहारको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे

by समतल अनलाइन

काठमाडौँ । यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज (सोमबार) विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि यो समय उपयुक्त भएको जनाएको हो ।
त्यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।

 
 
  
 

You may also like