गठबन्धनद्धारा प्रचार प्रसार तिव्र

by समतल अनलाइन

भैरहवा । नेपाली कांग्रेसको नेतृत्वमा रहेको एकीकृत नेकपा माओबादी, लोकतान्त्रीक समाजबादी पार्टी, राष्ट्रिजनमोर्चा र नेकपा एकीकृत समाजबादीको सयुुक्त गठबन्धन रुपन्देही क्षेत्र नं ३ रुपन्देहीले प्रचार प्रसारलाई तिव्र पारेको छ ।
यो क्षेत्रबाट प्रतिनीधी सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण र प्रदेश सभा तर्फ क मा लोकतान्त्रीक समाजबादी पार्टीका सन्तोस पाण्डे र प्रदेश सभा ख मा नेपाली कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार रहनुुभएको छ । उहाँहरुलाई बिजयी बनाउन गठबन्धनले क्षेत्र अन्तरगतका ३६ मध्ये ३३ बटा बडामा सयुुक्त प्रचार कार्यालयहरु स्थापना गरेको छ । भने बाँकी बडामा मगंलवार स्थापना हुुने नेपाली कांग्रेसका क्षेत्रीय सभापति शुुसिल गुुरुङ्गे जानकारी दिनुुभयो ।
पहीलो चरणको प्रचार कार्यक्रम अन्तरगत गत २७ गते प्रचार कार्यालय स्थापना सुुरु गरेको थियो । प्रचार कार्यालयहरु स्थापनका क्रममा गठबन्धन प्रति जनताको बिस्वास रहेको र उत्साह देखीएको उहाँले बताउनुुभयो । गठबन्धनलाई बिजयी बनाउन गठबन्धनका सवै घटक एक जुट भएर प्रचार प्रसारमा जुटेको उहाँले बताउनुुभयो ।

 
 
  
 

You may also like