दाङमा खाल्डोमा पुरेको अवस्थामा किशोर–किशोरीको शव फेला

by समतल अनलाइन

दाङ।दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशारीको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतरा मृत अवस्थामा भेटिएका हुन् ।

तुलसीपुर–१३ घर भएका उनीहरु हराएको बारे परिवारले शनिवार प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालयका दाङका डिएसपी राजन गौतमले रातोपाटीलाई बताए । दुवैको शरिरमा चोट पटक देखिएको छ ।

शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालमा ल्याउन लागिएको डिएसपी गौतमले जानकारी दिए । पारिवारिक स्रोतका अनुसार शरद असोज २७ मा हराएका थिए । रोशनी असोज २९ देखी परिवारको सम्पर्कमा थिइनन् । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like