स्रोत नखुलेको १३ लाखसहित गाडी चालक पक्राउ

by समतल अनलाइन

कपिलवस्तु । कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णगनरमा स्रोत नखुलेको १३ लाख नगदसहित एक जना गाडी चालक पक्राउ परेको छ । प्रहरीले लु १ ख २३९७ नम्बरको बसमा स्रोत नखुलेको १३ लाख ८ सय रकम प्रहरीले बरामद हो ।

कृष्णनगरबाट चन्द्रौटा तर्फ जाँदै गरेका सो बसको बोनटको भागमा भारतीय पत्रिकाले बेरिएको अवस्थामा नेपाली रुपैयाँ फेला परेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए । सो गाडीका चालक प्युठान नगरपालिका ८ मानागाँउका शुशिल बहादुर पुन मगरलाई पक्राउ गरिएको उनले बताए ।

चालक पुनलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका तथा आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको ईलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेयले बताए । बरामद गरिएका नोटहरुमा हजारको नोट १ हजार थान, ५ सयका नोट ६ सय थान, र रु.१ सय को नोट ८ थान छन् ।

 
 
  
 

You may also like