डुंगा दुर्घटना हुँदा कम्बोडियामा ११ जनाको मृत्यु

by समतल अनलाइन

नोमपेन । दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । दुर्घटनाग्रस्त डुंगामा दुई चालक तथा १३ विद्यार्थीसहित १५ जना सवार थिए ।

दुर्घटनामा १२ देखि १४ वर्ष उमेर समूहका आठ पुरुष र तीन महिलाले ज्यान गुमाएका तथा बाँकीको जीवितै उद्धार गरिएको राष्ट्रिय प्रकोप व्यवस्थापन समितिले जनाएको छ । रासस÷सिन्ह्वा

 
 
  
 

You may also like