डलरको भाउ अहिलेसम्मकै उच्च, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा रहेको छ । डलरको यो रेट अहिलेसम्मकै उच्च हो । युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ३४ पैसा र बिक्री दर १४९ रुपैयाँ ०१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

 
 
  
 

You may also like