थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने २६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६ सय ३८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like