आस्था मात्र हैन, वैज्ञानिक रूपमा पनि उम्दा छ छठ पर्व

by समतल अनलाइन

काठमाडौं । छठ पर्वमा करोडौं मानिसको आस्था जोडिएको छ । चार दिनसम्म सूर्यको उपासना गरेर मनाइने छठ पर्वले श्रद्धालुलाई धनधान्य र स्वास्थ्य प्रदान गर्ने विश्वास छ ।

छठ धार्मिक रूपमा मात्र नभई वैज्ञानिक रूपमा पनि उम्दा छ ।

 

छठको विधिविधानले बर्तालुको शरीर र मनमा सौर्य ऊर्जा अवशोषणका लागि तयार पार्छ । प्राचीन भारतवर्षमा ऋषिमुनिहरूले यस्तै किसिमको कठोर तपस्या गरेर ऊर्जा प्राप्त गर्ने गरेको शास्त्रमा उल्लेख छ ।

षष्ठी तिथि एक विशेष खगोलीय अवसर हो । यसबेलामा सूर्यका परावैजनी किरणहरू पृथ्वीको सतहमा सामान्यभन्दा बढी मात्रामा एकत्रित हुन्छन् । तिनको सम्भावित कुप्रभावबाट रक्षा गर्न व्रत सहायक हुन्छ ।

उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा सूर्य किरणको प्रभावले चर्म रोग लाग्न दिँदैन र मानिस निरोगी रहन्छ ।

सूर्य उपासनाले हामीहरूको ऊर्जा र स्वास्थ्य राम्रो हुन्छ ।

दीपावलीपछि सूर्यको ताप पृथ्वीमा निकै कम मात्र पुग्छ । त्यसैले व्रतसँगै सूर्य तापको माध्यमले ऊर्जा सञ्चय गरिन्छ र शरीरलाई जाडोमा स्वस्थ राख्न तयारी पुग्छ ।

जाडो आएपछि शरीरमा अनेक किसिमका परिवर्तन आउँछन् । पाचनतन्त्रमा आउने परिवर्तनलाई सामना गर्नका लागि छठ पर्वमा गरिने उपवास लाभदायक हुन्छ । यसले शरीरको आरोग्य क्षमता वृद्धि गर्छ ।

छठ पर्वमा दिइने अर्घ्यको विशेष महत्त्व छ । बिहान, दिउँसो र साँझ तीन समयमा सूर्यदेव विशेष रूपमा प्रभावकारी हुनुहुन्छ । बिहान सूर्यको आराधना गर्दा स्वास्थ्य राम्रो हुन्छ ।

छठी मैयालाई चढाइने प्रसाद पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ । पीठो र गुड (सक्खर) लाई मिसाएर ठेकुआको प्रसाद बनाइन्छ । जाडोबाट बच्न तथा स्वस्थ राख्न गुड प्रभावकारी हुन्छ ।

एजेन्सी

 
 
  
 

You may also like