राजु गुरुङद्धारा सर्वोच्चमा रिट दायर

by समतल अनलाइन

बुटवल । निर्वाचन आयोगले उम्मेद्वारी खारेज गरेपछि गठबन्धनका उम्मेद्वार राजु गुरुङले सर्वोच्च अदालतमा विहिबार रिट दायर गरेका छन ।

निर्वाचन क्षेत्र न. २ को निर्वाचन अधिकृतको कार्यालयले क्षेत्राधिकार मिचेर निर्णय गरेको र असंवैधानिक निर्णय भन्दै निर्णय खारेज र उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा मुद्धा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

नेकपा एकिकृत समाजावादीबाट मैदानमा उत्रेका गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ ले मंगलबार राती साँढे ११ बजे सूचना निकालेर उम्मेद्वारी खारेज गरेको हो । अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेकाे गुरुङले बताए ।

 
 
  
 

You may also like