घनश्याम भुसाललाई त्रिभुज चुनाव चिह्न

by समतल अनलाइन

काठमाडौं । नेकपा एमाले परित्याग गरी रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।

निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ । त्यस क्रममा भुसाललाई त्रिभुज चिह्न दिएको हो । भुसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।

 
 
  
 

You may also like