गठबन्धन जिताउन माओबादी नेता खाँनद्धारा स्वतन्त्र उम्मेदवारी फिर्ता

by समतल अनलाइन

भैरहवा ।नेकपा माओबादी केन्द्रका नेता एवं समाजसेवि फैज अहमद खाँनले प्रदेश सभा तर्फ रुपन्देही क्षेत्र ३ क बाट दिनुुभएको स्वतन्त्र उम्मेदवारी फीर्ता लिनुुभएको छ ।
त्यस्तै प्रतिनीधी सभा तर्फ स्वतन्त्र उम्मेदवारी दिनुुभएका उहाँका छोरा ईमदाद हुसेनले पनि फीर्ता लिनुुभएको छ । राष्ट्रियता, लोकतन्त्र, सविधानका रक्षाकालागी बर्तमान सत्ता गठबन्धन आवश्यक रहेको र गठबन्धनलाई थप बलीयो बनाउदै गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउ आफुले उम्मेदवारी फीर्ता लिएको माओबादी सिद्धार्थ नगरका ईन्चार्ज समेत रहनुुभएका खाँनले बताउनुुभयो ।

गठबन्धन बलीयो बनाउन पार्टीका केन्द्रीय अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको निर्देशन, प्रदेश, जिल्ला तथा स्थानीय पार्टीका साथीहरुको आग्रह बमोजिम आफुुले उम्मेदवारी फीर्ता लिएको उहाँले बताउनुुभयो । उहाँले आफुुले पार्टी र गठबन्धनको निर्णयलाई पुुर्णरुपले सघाउने समेत बताउनुुभयो ।

उम्मेदवारी फिर्ता पछि प्रतिक्रीर्या दिदै उहाँले आफुु सत्ता गठबन्धनमा रहेका उम्मेदवारलाई बिजयी गराउन पार्टीका साथीहरुसगै सहकार्य गरेर अगाडी बढ्ने बताउनुुभयो । उहाँले कांग्रेस, एमाले, लोकतान्त्रीक समाजबादी, सघिंय समाजबादी तथा जनमोर्चाको गठबन्धन राष्ट्रि आवश्यकता र समग्र मुलुकको हितमा रहेको उल्लेख गर्दै आगामी मसिंर ४ गते हुने प्रतिनीधी सभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुुको बिकल्प समेत नरहेको बताउनुुभयो ।https://fb.watch/g6lU3K12OR/

 
 
  
 

You may also like