नेप्से परिसूचक आज पुनः ओरालो

by समतल अनलाइन

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव २२ मा सीमित भएको छ । आइतबार उच्च अङ्कले भएको वृद्धि आज भने टिक्न नसक्दा कारोबार रकम पनि अर्ब पनि पुगेको छैन ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ६६ दशमलव ८४ मा सीमित भएको छ । कूल दुई सय ३३ कम्पनीको ३१ करोड ५५ लाख छ सय ९६ कित्ता शेयर रु ९७ करोड १७ लाख ६७ हजार सात सय १४ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष भने शुन्य दशमलव १२ अङ्कले उकालो लागेको हो । निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा, विकास बैंक उपसमूहको शेयर मूल्यमा बढी अङ्कको गिरावट देखिएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ८९ अर्ब ५१ करोड ९१ लाख ३३ हजार आठ सय दुई बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ५८ लाख ७७ हजार चार सय १४ बराबरको कारोबार भयो । नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु छ करोड छ लाख १२ हजार ५००, नवील बैंक रु चार करोड ८२ लाख २० हजार दुई सय ६२, हिमालयन डिस्टिलरी रु तीन करोड ५८ लाख ९१ हजार र लुम्बिनी विकास बैंक रु दुई करोड नौ लाख ३९ हजार तीन सय ८३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार, अभियान लघुवित्त नौ दशमलव ९९, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ६७, ग्लोबल आइएमई ब्लालेन्स फण्ड पहिलो तीन दशमलव ४९, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड तीन दशमलव २७ र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले दुई दशमलव ६८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै गरिमा बैंकको ऋणपत्र आठ दशमलव १३, सिभिल लघुवित्त छ दशमलव ३३, कृषि विकास बैंकको ऋणपत्र पाँच दशमलव ८६, कर्णाली डेभलपमेन्ट बैंक पाँच दशमलव ६० र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३८ प्रतिशतले गुमाएका छन् ।

 
 
  
 

You may also like