बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई स्याङ्जाको कालीगण्डकीमा सम्मान गरिएको छ ।
बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्बाचित भएपछि पहिलो पटक जन्मस्थल स्याङ्जाको कालिगण्डकी २ कोटाकोट पुग्नु भएका पाण्डेयलाई सोमबार स्थानीयले स्वागत तथा सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै उहाँले बुटवललाई आर्थिक केन्द्रका रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताउनुभयो ।
निर्वाचित भएपछि आफू जन्मस्थलमा आउन चाहेपनि बजेट निर्माण, बुटवलको मुख्य सडक र ज्योतिनगर पहिरो समस्याका कारण जन्मस्थल आउन ढिलो भएको बताउनु भयो । बुटवलको चौराहादेखि गोलपार्क सडक निर्माणको कामको लागि उपमहानगरले सहजिकरण गरेको र सडक निर्माणको काम सम्पन्न हुने तर्फ अगाडि बढेको उहाँले बताउनुभयो ।
बुटवलसँगै आफ्नो जन्मस्थल कालिगण्डकी गाउँपालिकाको विकासमा आफुले पहल गर्ने उहाँले बताउनु भयो ।
वडा नं. २ का वडाध्यक्ष खगिसरा गाहाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ववडाध्यक्ष नर बहादुर राना, नेपाली काँगे्रसका वडा सभापति शमसेर राना, समाज कल्याण युवा परिवारका अध्यक्ष लेखराज पाण्डेय लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।
कालिगण्डकी गाउँपालिकाले सफल नेतृत्व जन्माउन सफल भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताउनुभएको थियो । बुटवलको विकासँगै कालिगण्डकी गाउँपालिकाको विकासमा पनि प्रभावकारी भूमिका खेल्न प्रमुख पाण्डेयलाई स्थानीयबासीले आग्रह गर्नुभएको थियो ।
बुटवलका नगरप्रमुखद्वारा आलमदेवी शक्तिपीठको दर्शन
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुखु खेलराज पाण्डेय स्याङ्गजाको प्रसिद्ध आलमदेवी शक्तिपीठको दर्शन गर्नु भएको छ ।
प्रमुखमा निर्वाचित भएपछि पहिलो पटक जन्मस्थल स्याङ्गजाको कालिगण्डकी गाउँपालिका वडा नं. २ कोटाकोट पुग्नु भएका पाण्डेय महाअष्टमीको अवसरमा आलमदेवी मन्दिर दर्शनको लागि पुग्नु भएको हो ।
शक्तिपीठमा पुगेर उहाँले सबैलाई दशैंको शुभकामना दिँदै बुटवललाई देशकै सबल आर्थिक केन्द्र रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आलमदेवी शक्ति पिठको दर्शनका क्रममा पनि आफुले त्यही कामना गरेको उहाँले बताउँदै सबैको सद्भाव, सहकार्य र बुटवलबासीको प्रेरणाबाट बुटवल देशकै सवल आर्थिक केन्द्र बन्ने बताउनु भयो ।
यस्तै प्रमुख पाण्डेयले आलमदेवी क्षेत्रको विकासमा चासो ब्यक्त गर्नु भएको छ । आलमदेवी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उहाँले बताउनु भयो । आलमदेवी मन्दिर विकास समितिका पदाधिकारीहरुसँग कुराकानी गदैै उहाँले रानीमहल, आलमदेवी, बडहरकुन शिला, सेतिवेणी शिलालाई जोडर धार्मिक पर्यटकीय पथ मार्ग निमाण गर्न सके यस क्षेत्रको विकास हुने बताउनु भयो ।
आलमदेवी मन्दिरमा बडादशैको महाअष्टमी र चैतेदशैका दिन विशेष पुजाअर्चना हुँदै आएको छ ।
शाहबंश राजाहरुको कुल मन्दिर रहेको आलमदेवी शक्ति पिठको ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ ।